Health TV Online
Health TV Online
Health TV Online

लम्कीमा बन्दै ५१ शय्याको अस्पताल

लम्कीमा बन्दै ५१ शय्याको अस्पताल

कैलाली : लम्कीचुहा नगरपालिका–१० चुहामा सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ। ५१ शय्या हुने अस्पतालको शिलान्यास सांसद झपट रावलले गरेका हुन्।

लम्कीचुहाका प्रमुख महादेव बजगाईँले गाडी किन्नका लागि छुट्याएको रकम अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेपछि लम्कीमा अस्पताल निर्माण हुन लागेको बताइएको छ। नगरपालिकाले गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ छुट्याएको थियो। नगरकार्यपालिकाको बैठकले थप १५ लाख रुपैयाँ थपेपछि अस्पताल निर्माणमा ९० लाख रुपैयाँ खर्च गरिने भएको छ।

३२ करोड लागत अनुमान गरिएको अस्पतालमा सांसद रावलले पूर्वाधार विकास कोषबाट रु एक करोड १० लाख र सुदूरपश्चिम प्रदेशसभा सदस्य नन्दबहादुर साउदले पूर्वाधार विकास कोषबाट एक करोड १३ लाख रुपैयाँ विनियोजन गरेका छन्।

दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको अस्पतालका लागि आवश्यक जग्गा चुहास्थित राष्ट्रिय नवजागृति माध्यमिक विद्यालयले साढे पाँच बिघा जमीन निःशुल्क उपलब्ध गराएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार