एक हजार जनाको आँखाको शल्यक्रिया
कैलाली :
टीकापुरस्थित आँखा उपचार केन्द्रले एक हजार २१९ जना बिरामीको आँखाको शल्यक्रिया गरेको छ।
चालू आर्थिक वर्षको अहिलेसम्म केन्द्रले एक हजार १५० जनाको मोतिबिन्दु, २२ जना मासु पलाएका, ३५ जना आनोको समस्या भएका र १२ जना परेलाको उल्टो ढकनी भएका बिरामीको शल्यक्रिया गरिएको छ।
उपचार केन्द्रले महिनामा एक सयभन्दा बढीको शल्यक्रिया गर्ने गरेको नेत्र सहायक लोक पुनले जानकारी दिए।
उपचार केन्द्रमा शल्यक्रियाका लागि गेटा आँखा उपचार केन्द्र धनगढीबाट सर्जन डाक्टरको टोली आउने गरेको छ। उपचार केन्द्रमा महिनाको अन्तिम शनिबार र दोस्रो शुक्रबार गरी शल्यक्रिया गरिन्छ।
उपचार केन्द्रमा आँखामा एलर्जी भएका, आँखा पाकेका, मोतिबिन्दु, जलबिन्दु, आँखाको परेलाको उल्टो ढकनी भएका, मासु पलाएको समस्या भएका बिरामी बढी आउँछन्।
२०६५ सालमा स्थापना भएको आँखा उपचार केन्द्रमा कैलाली जिल्लासहित बर्दिया, सुर्खेत र भारतको तिकुनियाका बिरामी आउने गरेका छन् ।
केन्द्रले गाउँगाउँमा गएर आँखा उपचार शिविर सञ्चालन गरेर उपचार र शल्यक्रिया सेवासमेत दिने गरेको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’