एक नगरपालिकामा १०० भन्दा बढीमा पाठेघर क्यान्सर
सप्तरी : ‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ नाराका साथ को कञ्चनरूप नगरपालिकामा छ दिनसम्म सञ्चालित आङ खस्ने रोग तथा पाठेघर मुखको क्यान्सर जाँच शिविरमा एक हजार २४९ बिरामीले स्वास्थ्य परीक्षण गराएका छन्।
स्वास्थ्य शाखा कञ्चनरूपको आयोजनामा कञ्चनरूप–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरमा ८३८ ले आङ खस्ने रोग र ४११ जनाले पाठेघरको मुखको जाँच गराएका नगरपालिकाले जनाएको छ। तीमध्ये १०३ मा शङ्कास्पद पाठेघर मुखको क्यान्सर र २८ मा आङ खसेको पाइएको स्वास्थ्य शाखाका संयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिए।
शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. मनोज साह, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. ब्रजेशकुमार झाले बिरामी जाँच गरेका थिए। यस्तै प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डा. सञ्जीवकुमार झा, नर्सिङ अधिकृत लक्ष्मी चौधरी, स्टाफ नर्स कविता गुप्तालगायतले बिरामीको जाँच गरेको स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्रप्रसाद यादवले जानकारी दिए





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण