टाइट जिन्स लगाउनुहुन्छ? होशियार!
अचेल टाइट जिन्स लगाउने फेसन खुबै चलेको छ। फिगर राम्रो देखिने र फेसनेबल भइने सोचले टाइट जिन्स लगाउने युवतीहरूले क्यान्सर र हृदयघात जस्ता गम्भीर रोग निम्तिरहेका हुन्छन्।
एक अनुसन्धानअनुसार टाइट जिन्स लगाउँदा गर्भाशय साँघुरिन्छ र बाँझो हुने खतरा बढ्छ। यस्तो जिन्सले पेटलाई निकै थिच्छ र पछि समस्या आउछ सक्छ। युटेरसमा संक्रमण हुन्छ र समयमै उपचार नपाइएमा ट्युबमा स्थायी ब्लकेज आउँछ। यसकारण पछि आमा बन्न समस्या हुन्छ।
महिला र पुरुष दुवैमा टाइट जिन्स लगाउँदा कम्मर र पिठ्युँसम्बन्धी समस्या पनि निम्तिन्छ। यसले गर्दा मांसपेशीमा जोड पर्छ। नितम्ब स्वतन्त्र रूपमा चलायमान हुन पाउँदैनन्। अनि मेरुदण्डको हड्डीमा पीडा हुन्छ। यसैले गर्दा महिलाहरूमा ‘स्लिप डिस्क’को पनि समस्या आउँछ।
यसले मुटुरोग पनि निम्त्याउँछ। रक्तसञ्चार रोकिने भएकाले मुटुसम्म सही मात्रामा रगत पुग्दैन। फलस्वरूप मुटुरोगका साथै हृदयाघातको सम्भावना बढ्छ।
लामो समयसम्म टाइट जिन्स लगाउँदा गोडाका नसामा रगत जम्छ र रक्तसञ्चारको गति पनि घट्छ। यसप्रकारको जिन्स लगाउँदा छालाको क्यान्सरको जोखिम निकै बढ्ने अनुसन्धानकर्ताहरू बताउँछन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य