मापदण्डविपरीतका दुई फार्मेसीमा सिल
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारका दुई औषधि पसल सिलबन्दी गरिएको छ।
औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जको टोलीले मेनरोड झलारीस्थित शुभम् बासुलिङग एग्रोभेट र पिपलाडी रोडमा रहेको अशोक क्लिनिक मंगलबार शिलबन्दी गरेको हो।
शुभम् बासुलिङ एग्रोभेटको दर्ता प्रमाणपत्र स्पष्ट नदेखिएको र कैलालीको अत्तरियामा सञ्चालन गर्ने अनुमति पाएको भए पनि ठाउँसारी नगरी झलारीमा सञ्चालन गरिरहेको विभागका फार्मेसी अधिकृत विजय कार्कीले बताए। मेडिकलमा अवैध र म्याद गुज्रेका औषधि समेत फेला परेका टोलीले जनाएको छ।
यस्तै अशोक क्लिनिक दर्ता नभई सञ्चालन भएको टोलीले जनाएको छ। मापदण्डविपरीतका औषधि बिक्री गर्दै आएको क्लिनिकले यौन उत्तेजना जगाउने, गर्भपतन गराउने औषधि पनि बिक्रीका लागि राखेको अनुगनका क्रममा पाइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण