Health TV Online
Health TV Online
Health TV Online

वायु प्रदूषणले बर्सेनि ७० लाखको मृत्यु

वायु प्रदूषणले बर्सेनि ७० लाखको मृत्यु

वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको एक प्रतिवेदनले देखाएको छ। राष्ट्रसंघका लागि मानव अधिकार तथा वातावरणसम्बन्धी विशेष प्रतिवेदनले ठूलो संख्यामा अकालमा मानिसको ज्यान गइरहेको बजनाएको हो।

विशेष प्रतिवेदक डेभिड बोइडले वायु प्रदूषणलाई व्यक्तिको मानव अधिकारकै रूपमा लिइदिन विश्वका सरकारहरूसमक्ष आग्रह गरेका छन् ।

‘वायु प्रदूषण शान्त, अदृश्य तथा भयानक घातक समस्या हो जसले विश्वभर हरेक वर्ष झण्डै ७० लाख मानिसको ज्यान लिइरहेको छ। यसबाट महिला, बालबालिका र गरिब समुदायलाई सबैभन्दा बढी असर पारिरहेको छ’, बोइडले भने।

चीन समेतका धेरै मुलुकमा व्यापक रूपमा वायु प्रदूषण न्यून गरिएका सफलताका उदाहरणले वायु प्रदूषण रोकथाम गर्न सकिने समस्या हो भन्ने पुष्टि गर्ने उनको भनाइ छ।

प्रतिवेदनमा पाँच सेकेण्डमा एक व्यक्तिको अकालमै वायु प्रदूषणका कारण मृत्यु भइरहेको उल्लेख छ। यस्तै झण्डै ९० प्रतिशत जनसंख्याले प्रदूषित हावामा श्वासप्रश्वास गरिरहेको बताइएको छ। प्रदूषणका कारण मर्नेझण्डै ७० लाखमध्ये ६ लाख बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ।

थप समाचार