Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर प्रभावितलाई सहयोग

क्यान्सर प्रभावितलाई सहयोग

दमौली : दमौली क्यान्सर पीडित तनहुँको बन्दीपुर गाउँपालिका–५ थुम्काका पूर्णप्रसाद रेग्मीको उपचारका लागि रकम प्रदान गरिएको छ ।

भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत उनलाई आर्थिक स्रोत जुटाउन रामप्रसाद तिवारीको सक्रियतामा स्थानीयस्तरमा सङ्कलित एक लाख १८ हजार २०० रुपैयाँ प्रदान गरिएको हो। वडाध्यक्ष ध्रुव लामिछानेले मंंगलबार श्रीमती अप्सरा रेग्मीलाई प्रदान गरे।

क्यान्सर पीडित रेग्मीको उपचारार्थ सहयोग सङ्कलन अभियानलाई स्थानीयस्तरमा समेत जारी राखेको वडाध्यक्ष लामिछानेले बताए। रेग्मीकी श्रीमती अप्सराले घरको अवस्था नाजुक रहेको र उपचारका क्रममा धेरै रकम खर्च भइसकेकाले थप रकम जुटाउन मुस्किल परेको बताइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार