वडाका सबैको निःशुल्क स्वास्थ्य बिमा
हुम्ला : सिमकोट गाउँपालिकाले वडा नम्बर ५ का सबै घरधुरीको स्वास्थ्य बिमा गर्ने भएको छ। वडाका सबै सबै नागरिकलाई समेटेर स्वास्थ्य बिमा गर्न लागिएको हो।
आगामी आर्थिक वर्षका लागि वडाबाट सञ्चालन हुने योजनामा बिमा कार्यक्रमलाई समेटिएको वडाध्यक्ष कृष्णबहादुर बोहराले बताए।
वडामा ३१८ घरधुरी छन्। पाँच जना सदस्य रहेको घरधुरीलाई तीन हजार पाँच सय बिमाको प्रिमियम लाग्ने र त्यो सबै वडाले तिर्ने उनले जानकारी दिए। यसका लागि ११ लाख ६६ हजार रुपियाँ विनियोजन गरिएको अध्यक्ष बोहराको भनाइ छ।
नागरिकको स्वास्थ्यसँग सरोकार राख्ने विषय भएकाले सबैको निःशुल्क बिमा गर्न लागेको वडा कार्यालयले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण