डोटीका दुई विद्यालयमा ‘स्मार्ट कार्ड’बाट निःशुल्क सेनिटरी प्याड
डोटी : दिपायल सिलगढी नगरपालिकाले माध्यमिक तहका छात्रालाई ‘स्मार्ट कार्ड’बाट निःशुल्क सेनिटरी प्याड पाउने व्यवस्था शुरु गरेको छ।
वडा नंं.३ दिपालयस्थित दिल्पेश्वर माध्यमिक विद्यालय र वडा नं.६ स्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा मेसिन जडान गरी सेवा शुरु गरिएको हो।
पहिलो चरणअतर्गत नगरपालिकाले दुई विद्यालयमा यो सुविधा शुरु भएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माले बताए।
नगरपालिकाकी उपप्रमुख मञ्जु मलासीले परीक्षणका लागि दुई विद्यालयमा प्रयोगमा ल्याएको बताइन्। आगामी आर्थिक वर्षभित्रसबै नगरपालिकाका सबै माध्यमिक विद्यालयमा यो सुविधा पुर्याइसक्ने बताइन्।
दुवै विद्यालयमा ५०५० ओटा स्माटकार्ड समेत वितरण गरेको नगपालिकाका शिक्षा इकाइ प्रमुख मञ्जु थापाले जानकारी दिइन्।




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’