Health TV Online
Health TV Online
Health TV Online

डेंगु नियन्त्रणबाहिर गएपछि स्वास्थ्य सेवा विभागका महानिर्देशकसहितको टोली धरानमा

डेंगु नियन्त्रणबाहिर गएपछि स्वास्थ्य सेवा विभागका महानिर्देशकसहितको टोली धरानमा

धरान : डेंगु नियन्त्रणबाहिर गएपछि स्वास्थ्य सेवा विभागका महानिर्देशकसहितको टोली धरान पुगेको छ। अहिलेसम्म धरानमा ८० जनामा डेंगु संक्रमण भएको पुष्टि भइसकेको छ।

डेंगु नियन्त्रण हुन नसकेपछि स्थानीय सरकारले प्रदेश सरकार र संघीय सरकारसँग सहयोग मागेको थियो। महानिर्देशक डा. गुणराज लोहनी नेतृत्वको टोलीले डेंगु प्रभावित क्षेत्रको वस्तुस्थिति बुझेर नियन्त्रणको प्रयास थाल्ने बताए।

तीन साताको अवधिमा पनि डेंगु नियन्त्रण हुन नसकेपछि उपमहानगरपालिकाले प्रदेश र संघीय सरकारलाई पत्रचार गरी सहयोग माग गरेको धरान उपमहानगरपालिका स्वास्थ्य सेवा विभाग प्रमुख रामबाबु यादवले बताए।

डेंगुको प्रकोप फैलिएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान उपमहानगरपालिकाको संयुक्त टोली र्‍यापिड रेस्पोन्स टिमको बैठक बसेर डेंगु नियन्त्रणलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको थियो। उपमहानगरपालिकाले केही दिनअघि लामखुट्टे मार्न औषधि समेत छरेको थियो। धरानको वडा नं. ५, १५, ८ र १३ मा डेंगु सार्ने लामखुट्टेको अण्डा र लार्भा भेटिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार