आमाको लापरबाहीले बच्चाको आँखामा ‘अकुलर ट्युमर’
ताप्लेजुङ : जन्मिँदै आँखामा अकुलर ट्युमरको समस्या देखा पर्न थालेपछि स्वाथ्यकर्मीले गर्भावस्थामा अनावश्यक औषधि सेवन नगर्न सुझाव दिन थालेका छन्।
यो ट्युमरको बेलैमा शल्यक्रिया गर्दा पनि ट्युमर देखिएको आँखाको ज्योति गुम्न सक्ने सम्भावना हुन्छ। शल्यक्रिया र उपचारको अभावमा मानिसको मृत्यु नै हुने उनीहरू बताउँछन्।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाहाङ्पाङका कृष्ण र गंगा गुरुङकोे बच्चाको आँखामा यस्तै ट्युमर फेला परेपछि नेत्रकर्मीहरूबीच यस्तो रोग देखा नपर्ने उपायका बारेमा बहस सुरु भएको छ।
नेपाल नेत्र ज्योति संघरडिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजी गुरुङका अनुसार यस्तो रोग लाग्नुको मुख्य कारण गर्भावस्थामा आमाले अनावश्यक औषधि सेवन गर्नु हो। ट्युमर नसासम्बन्धी रोग भएको र गर्भावस्थामा चिकित्सकको परामर्श बेगर अनावश्यक औषधि र खानपिनका कारण यस्तो समस्या आउने उनले बताए।
उनले सजगता अपनाउन र संवेदनशील मानिएको आँखाको ज्योति जन्मँदै गुम्ने अवस्थाबाट मुक्त हुन विशेष ध्यान दिनुपर्ने सुझाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण