जिल्ला अस्पतालमा न जनशक्ति, न फार्मेसी
पर्वत : ३५ शय्याको जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ। तर जनशक्तिको अभावमा सेवा प्रवाह सहज हुन सकेको छैन।
आधुनिक सेवा दिने भनी २४ सै घण्टा रगतको परीक्षण र थाइराइडको जाँच सुरु गरिएको भए पनि सेवा पाउन समस्या छ।
अस्पतालको आकस्मिक कक्षमा मात्र कम्तीमा पनि १० जना जनशक्ति आवश्यक पर्ने भए पनि अहिले एक जनाको भरमा काम चलाउनुपरेको अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट सन्तोषी थपलिया बताउँछिन्। जनशक्ति माग गरिएको भए पनि नपाउँदा बहिरङ्ग, ल्याब, एक्सरेलगायतका सेवा सञ्चालनमा कठिनाइ आएको उनको भनाइ छ।
अस्पताल व्यवस्थापन समितिले सञ्चालन गरेको फार्मेसी सेवा दुई महिनादेखि बन्द छन्। जनशक्ति अभावले फार्मेसी बन्द गर्नु परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताए।
बाहिरी क्लिनिकको तुलनामा बढीमा १० प्रतिशतसम्म छुटमा औषधि बिक्री हुँदै आएको अस्पतालको फार्मेसी व्यवस्थापन र त्यहाँ कार्यरत कर्मचारीबीचको विवादका कारण बन्द भएको कर्मचारीहरू बताउँछन्। फार्मेसीमा काम गर्ने कर्मचारीको तलब निकै कम हुने भएका कारण जनशक्ति अभाव भएको एक कर्मचारीले बताए।






अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’