Health TV Online
Health TV Online
Health TV Online

मिर्गौलारोग विशेषज्ञ बरालको गीत ‘एउटा खाता’ सार्वजनिक

मिर्गौलारोग विशेषज्ञ बरालको गीत ‘एउटा खाता’ सार्वजनिक

काठमाडौं : वीर अस्पतालमा कार्यरत मिर्गौलारोग विशेषज्ञ डा. अनिल बरालद्वारा रचित गीत यूट्युबमा सार्वजनिक भएको छ।

आनन्द राईले संगीत दिएको ‘एउटा खाता’ बोलको गीतमा संगीता राना प्रधानको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा दिया मास्केले अभिनय गरेकी छिन्।

यसअघि पनि राष्ट्रिय पत्रपत्रिकामा डा. बरालका थुप्रै कथा, कविता तथा गीत प्रकाशित भइसकेका छन्। साहित्य रचनाका क्रमलाई निरन्तरता दिने उनले बताएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार