यार्सा पाटनमा स्वास्थ्यकर्मीको टोली
जाजरकोट : डोलपामा यार्सागुम्बा सङ्कलनमा गएका सर्वसाधारणका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। विभिन्न नौ पाटनमा शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय डोल्पाका निर्मित प्रमुख रनलाल कुलालले जानकारी दिए।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा स्वास्थ्य कार्यालयले अभियान सञ्चालन गरेको कुलालले जानकारी दिए। जेठ १७ गतेदेखि चार ठाउँमा एचएसहितको टिम र पाँच ठाउँमा अहेबसहितको टिम परिचालन गरिएको हो।
जिल्लाका सबैभन्दा बढी सार्यागुम्बा पाइने र सङ्कलनकर्ताको अत्यधिक घुइँचो हुने ठाउँमा प्रथमिकताका आधारमा स्वास्थ्य शिविर सञ्चालन गरी सर्वसाधारणलाई सेवा दिइएको कुलालले बताए।
फूलबारी, जगदुल्ला, ग्यालबारा, बागडाँडा र क्याङजूरुलगायतका पाटनलाई लक्षित गरी नौ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिने बताइएको छ।
शिविर सञ्चालन भएको ठाउँमा औषधि आवश्यकताका आधारमा ढुवानी भइसकेको उनले बताए। सुरुका दिनमा नै यार्सा सङ्कलक बिरामी हुने सङ्ख्या बढ्ने भएकाले सोही अनुसारको व्यवस्था गरेर काम गरिएको कुलालको भनाइ छ।
हिमाली पाटनमा खानेकुरा व्यवस्थित नहुँदार अक्सिजनको अभावका कारण यार्सागुम्बा टिप्न गएकाहरू बिरामी हुने गरेका छन्। सञ्चार सुविधा नहुँदा पाटनमा भएको समस्या समयमै खबर, आदान–प्रदान हुन समस्या भएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’