Health TV Online
Health TV Online
Health TV Online

नेपाल क्यान्सर अस्पतालद्वारा जनचेतनामूलक कार्यक्रम

नेपाल क्यान्सर अस्पतालद्वारा जनचेतनामूलक कार्यक्रम

काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आफ्नो दोस्रो वार्षिकोत्सव एवं विश्व धूमपानरहित दिवसको अवसर पारेर विभिन्न चेतनामूलक कार्यक्रम गरेको छ।

अस्पतालले शनिबार बिहान काठमाडौंको वसन्तपुरदेखि स्वयम्भूसम्म सचेतनामूलक र्याली निकालेको थियो। ‘नेपालीको क्यान्सर नेपालमै’, ‘सुर्तीजन्य पदार्थ त्यागौँ’, ‘फोक्सो जोगाऔँ’ जस्ता प्ले कार्ड बोकेर र्यालीका सहभागीले स्वयम्भूको परिक्रमा गरेका थिए।

यसैगरी धूमपानरहित दिवसका दिन शुक्रबार अस्पतालले सम्पूर्ण बिरामीका लागि निःशुल्क ओपीडी सेवा तथा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।

विभिन्न अवसर पारेर अस्पतालले बिरामीलाई सहुलियतमा सेवा दिँदै आएको छ। यसकै निरन्तरता स्वरूप अस्पतालले यसपटक पनि बिरामीलाई ल्याब जाँच र उपचारमा छुट प्रदान गरेको जनाएको छ। बिरामीले यसबाट राहत महसुस गरेको प्रतिक्रिया दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार