हुम्लाको हिल्सामा चार महिने स्वास्थ्य शिविर
हुम्ला : चीनसँगको नाका हिल्सामा चारमहिने स्वास्थ्य शिविर सञ्चालनमा आएको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।
औषधिसहित विशेषज्ञ चिकित्सकको टोली सिमकोट हुँदै हिल्सामा पुगेपछि शिविर सञ्चालनमा आएको हो। बर्सेनि रूपमा हिल्सामा मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने क्रममा भारतीय पर्यटकहरु हाई अल्टिच्युटका कारण बिरामी पर्न थाले पछि कर्णाली प्रदेश सरकारले हिल्सामा अस्थायी रूपमा शिविर सञ्चालन गरेको कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले बताए।
मानसरोवर कैलाशको यात्रा गर्ने पर्यटकहरुलाई स्वास्थ्यमा समस्या आउने खबर आएपछि सम्पूर्ण व्यवस्थासहित विशेषज्ञ चिकित्सकको टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट खटाएको टोली हिल्सामा पुगेर उपचार सुरु गरेको उनले जानकारी दिए।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाका प्रमुख बिर्खबहादुर शाहीले टोलीलाई आवश्यक औषधी र ल्याबको व्यवस्था सहित खटाएको बताए। यो सिजनभर चार महिना हिल्सामा बसेर पर्यटक र अन्य बिरामीको उपचारमा संलग्न हुने उनको भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण