Health TV Online
Health TV Online
Health TV Online

त्रिवि शिक्षण अस्पतालले शुरु गर्‍यो कलेजो प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालले शुरु गर्‍यो कलेजो प्रत्यारोपण

काठमाडौं : महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण शुरु गरिएको छ।

शुक्रबार अस्पतालमा १६ घण्टा लामो शल्यक्रियापछि कलेजोको सफल प्रत्यारोपण गरिएको हो। कलेजो प्रत्यारोपण सर्जन डा रमेससिंह भण्डारीको नेतृत्वमा चिकित्सकहरुको टिमले सफल शल्यक्रिया गरेको हो।

शुक्रबार बिहान शुरु भएको शल्यक्रिया राति १२ बजे मात्र सकिएको डा भण्डारीले बताए । उनले धेरै समयको प्रयासपछि अस्पतालमा कलेजो प्रत्यारोपण गर्न सफल भएको भन्दै सबै टीमलाई यसको श्रेय जाने बताए ।

५८ वर्षीय बिरामी बाबुलाई उनकी ३३ वर्षीया छोरीले कलेजो दिएकी डा भण्डारीले जानकारी दिए । उनले भने, ‘उहाँहरुको गोप्यताका लागि नाम चाहिं उल्लेख नगरौं ।’  लामो समयदेखि कलेजो प्रत्यारोपणको तयारी गर्दै आएको अस्पतालमा कार्यरत डा रमेश भण्डारीले कलेजो प्रत्यारोपणका लागि अष्ट्रेलियाबाट एक वर्षे विशेष तालिम लिएर आएका थिए ।

यसभन्दा अघि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मात्रै कलेजो प्रत्यारोपण हुँदै आएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार