स्वास्थ्य पत्रकार मञ्चलाई ‘स्वास्थ्यमन्त्री ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कार’
काठमाडौं : स्वास्थ्य पत्रकारहरूको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालले ५० हजार रुपैयाँ राशिको ‘स्वास्थ्यमन्त्री ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कार प्राप्त गरेको छ।
सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा सक्रियतापूर्व लागेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य पत्रकार मञ्चलाई संस्थागततर्फको पुरस्कार प्रदान गरेको होे।
धूमपानरहित दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मञ्चकी अध्यक्ष कल्पना आचार्यलाई पुरस्कार प्रदान गरे।
यस्तै सुर्तीजन्य पदार्थमा सबैभन्दा बढी (९० प्रतिशत) चेतावनीमूलक सन्देश राखेर विश्वमै पहिलो राष्ट्र बनाउन उल्लेख्य भूमिका खेलेको भन्दै सांसद तथा पूर्वमन्त्री खगराज अधिकारीलाई पुरस्कार प्रदान गरियो।

नीति कार्यान्वयमा सक्रिय ढंगले लागेको भन्दै काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनलाई पनि पुरस्कार प्रदान गरिएको छ।

यसैगरी गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेल र लगातार सुर्तीजन्य पदार्थसम्बन्धी समाचार प्रकाशन गरेको भन्दै नयाँ पत्रिका दैनिकलाई पनि पुरस्कार प्रदान गरिएको छ।


पुरस्कारको राशि ५० हजार छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण