चुरोट तथा सुर्तीजन्य पदार्थमा बढ्यो थोरै कर
काठमाडौं : सरकारले चुरोट तथा सुर्तीजन्य पदार्थमा सामान्य कर बढाएको छ। आगामी आर्थिक वर्ष २०७६\ ७७ को बजेट भाषणका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले चुरोट, सुर्तीजन्य पदार्थ तथा मदिरामा सामान्य कर बढाएको जानकारी दिए।
मन्त्री खतिवडाले जनस्वास्थ्यमा असर गर्ने भएकाले चुरोट, सुर्तीजन्य पदार्थ तथा मदिरामा कर बढाएको बताए।
नेपाल सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लिने देशमा पर्छ। हाल सुर्तीजन्य पदार्थमा २६ प्रतिशतको हाराहारीमा मात्रै कर लाग्ने गरेको छ। विश्व स्वास्थ्य संगठनले भने सुर्तीजनय पदार्थमा ७० प्रतिशत कर वृद्धि गर्नुपर्ने बताउँदै आएको छ।
सुर्तीजन्य पदार्थको सेवनबाट हुने रोगको भार बढ्दै गएको भन्दै यसको प्रयोग दर घटाउन करमा वृद्धि गर्न सराकोवालाले जोड दिँदै आएका थिए।
पछिल्लो तथ्यांकअनुसार नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण बर्सेनि २५ हजारभन्दा बढीले ज्यान गुमाउने गरेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण