चिकित्सकमाथि भएको दुर्व्यवहारको घटनाप्रति नेपाल चिकित्सक संघद्वारा भर्त्सना
काठमाडौं : हेटौँडा अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा. बन्दना अधिकारीमाथि गत मंगलबार राति अस्पताल परिसरमै दुर्व्यवहार भएको भन्दै नेपाल चिकित्सक संघले भर्त्सना गरेको छ।
स्वास्थ्य सेवा जस्तो संवेदनशील सेवामा कार्यरत चिकित्सकमाथि बिना कुनै कारण यस्तो प्रकारको निन्दनीय कार्यले स्वास्थ्य संस्थाको वातावरणलाई नै खलल पुग्छ’, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य संस्थाको शान्तिपूर्ण वातावरणलाई आपराधिक क्रियाकलापका कारण असहजता प्रदान गरिन कुनै पनि घटनाक्रमले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मात्र नभई अन्य सर्वसाधारणलाई समेत असर पुग्छ।’
यो घटनामा संलग्नलाई तत्काल कानुनी दायराभित्र ल्याई कारवाही गर्न संघले स्थानीय सरकारसँग आग्रह गरेको छ। आपराधिक कार्यमा संलग्नहरूलाई कडा कारवाही नभए असुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न नसकिने पनि संघका महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण