Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य स्वयंसेविकाहरूलाई वार्षिक तीन हजार भत्ता

स्वास्थ्य स्वयंसेविकाहरूलाई वार्षिक तीन हजार भत्ता

काठमाडौं : स्वास्थ्य स्वयंसेविकाहरूलाई वार्षिक तीन हजार रुपैयाँको दरले भत्ता पाउने भएका छन् । आर्थिक वर्ष २०७६\०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चका लागि बजेट छुट्याएका बताएका हुन्।

यसका लागि १८ करोड बजेट विनियोजन गरेको जनाएका छन्। नेपालमा हाल ५२ हजार स्वयंसेविका कार्यरत छन्। प्रजनन स्वास्थ्यका साथै बालमृत्यु र मातृमृत्यु रोक्न स्वयंसेविकाहरूले महत्त्वपूर्ण भूमिका खेल्ने गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार