आज अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस
काठमाडौं : मे २८ अर्थात् अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। महिनावारी(रजस्वला) हुँदा सरसफाइमा ध्यान नदिँदा किशोरी तथा महिलाहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने विषयमा जनचेतना दिन यो दिवस मनाइन्छ।
सन् २०१४ देखि अन्तर्राष्ट्रिय रूपमा मनाउन थालिएको यो दिवस नेपालमा २०१५ देखि मनाउन शुरु गरिएको हो। सरकारी तवरमा भने गत वर्षदेखि मनाइन थालिएको हो।
नेपालको सुदूरपश्चिम प्रदेशका केही जिल्लामा रजस्वला भएका वेला छाउपडी बस्ने चलनले महिला तथा किशोरीको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ। पानी, स्यानेटरी प्याडलगायत उपलब्ध नहुँदा, सरसफाइमा ध्यान निदिँदा महिनावारी स्वच्छतामा असर पुग्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण