पर्वत जिल्ला अस्पतालमा समस्यै समस्या
पर्वत : जिल्ला अस्पतालमा जटिल सुत्केरी, एपेन्डिसाइटिस, हाइड्रोसिललगायत सामान्य शल्यक्रिया सेवा शुरु भएको दुई वर्ष भइसक्यो।
उच्च प्रविधिको डिजिटल एक्सरे सेवा शुरु भएको अस्पताल विकास समितिको दाबी छ। समिति भन्छ, ‘थाइराइड परीक्षण, रगतको जाँच, चौबीसै घण्टा इमर्जेन्सी सेवा विस्तार गरेका छौँ।’
१५ शय्या क्षमताको अस्पतालमा यस्ता सेवा शुरु हुनु असाधारण भएको समितिको भनाइ हो तर, यी सेवा अस्पताल आउने बिरामीका लागि सहज छैन । २०४६ सालमा १५ शय्या क्षमताको स्वीकृति पाएर सञ्चालनमा आएको अस्पतालले ३५ शय्यासम्मको सुविधा दिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष गोविन्द पहाडीले बताए।
शय्या क्षमता बढाएपछि सोहीअनुरुप बिरामीको चाप बढे पनि जनशक्ति नबढ्दा सेवा सहज नभएको उनको भनाइ छ। अस्पतालका अनुसार इमर्जेन्सी सेवा पनि सहज छैन । ‘इमर्जेन्सीमा मात्रै हामीलाई कम्तीमा १० जना प्यारामेडिक्स कर्मचारी आवश्यक छ’, अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट सन्तोषी थपलियाले भने, ‘अहिले एक जनाले मात्रै काम चलाइएको छ। अरु कर्मचारी मागे पनि पाइएको छैन।’ बहिरङ्ग, ल्याब, एक्सरेलगायतसबैतिर उस्तै समस्या भएको उनले बताए।
ल्याब, एक्सरे, एम्बुलेन्स, इमर्जेन्सीलगायतका सबैतिर समस्या देखिएको अस्पतालले जनाएको छ। अस्पतालमै सञ्चालित सस्तो औषधि वितरण हुँदै आएको फार्मेसी केही महिनादेखि बन्द छ। बिरामीलाई बाहिरी क्लिनिकको तुलनामा बढीमा १० प्रतिशतसम्म छुटमा औषधि बिक्री हुँदै आएको अस्पताल फार्मेसी व्यवस्थापन र त्यहाँ कार्यरत कर्मचारीबीचको विवादले बन्द भएको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण