Health TV Online
Health TV Online
Health TV Online

‘बोनम्यारो’पीडितलाई दुई लाख

‘बोनम्यारो’पीडितलाई दुई लाख

काभ्रेपलाञ्चोक : रोशी गाउँपालिका–४ महादेवटारका १५ वर्षीय ‘बोनम्यारो’पीडित राजु रखाल मगरलाई दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको छ। उनको उपचारका लागि देश\विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकम उनका विष्णु रखालमगरलाई हस्तान्तरण गरिएको हो।

दुई वर्षदेखि ‘बोनम्यारो’ले काम छोडेपछि उनले काठमाडौँको सिभिल अस्पतालमा उपचार गराइरहेका छन्। उपचारकै क्रममा भएको रकम सबै सकिएपछि सहयोगका लागि उनका बुबा विष्णुको आग्रहमा स्थानीयवासीले सहयोग समिति गठन गरी रकम सङ्कलन अभियान शुरु गरेका थिए।

अमेरिकामा रहेका नेपालीबाट रू एक लाख दुई हजार ३५० रुपैयाँ सङ्कलन भएको र बाँकी रकम अन्य संस्थाबाट प्राप्त भएको सहयोग समितिका अध्यक्ष निरध्वज लामाले बताए। प्रत्यारोपणका लागि लागि अझै १८ लाख रुपैयाँसम्म खर्च लाग्ने सिभिल अस्पतालले बताएको विष्णुले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार