Health TV Online
Health TV Online
Health TV Online

काभ्रेमा नसर्ने रोगका बिरामी बढे

काभ्रेमा नसर्ने रोगका बिरामी बढे

काभ्रे : जिल्लामा नसर्ने रोगका बिरामीको संख्या बढेको छ। खानपान र शारीरिक व्यायामको कमीले नसर्ने रोगका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बुधबार आयोजित ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नन्दराज अवस्थीले नसर्ने रोग जिल्लामा वृद्धि भएको बताए। उनले विश्वमा ८० प्रतिशत नसर्ने रोगबाट वर्षेनी हजारौंको मृत्यु हुने गरेको जानकारी दिए ।

काभ्रेमा आर्थिक वर्ष ०७४\७५ मा मुटु रोगी १७३, क्यान्सर, ५४, मृगौला रोग ७२, पार्किसन्स दुई, अल्जाइमर्स दुई, हेडइन्जुरी चार र स्पाइनल इन्जुरी रोगका लागि ३२ जनाले सिफारिस लिएको प्रमुख अवस्थीले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार