Health TV Online
Health TV Online
Health TV Online

धरानमा १२ जनालाई डेंगु संक्रमण

धरानमा १२ जनालाई डेंगु संक्रमण

धरान : एकसातायता डेंगु संक्रमणबाट १२ जना प्रभावित भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ तथा कम्युनिटी हेल्थ मेडिसिन विभागले अनुसन्धान गर्ने भएको छ ।

एक साताभित्र तीन बालबालिकासहित १२ जनामा डेंगु देखिएपछि चिकित्सकको टोलीले अध्ययन गर्न लागेको हो। डेंगुको जोखिममा धरान परिसकेकाले नियन्त्रण गर्न थप अनुसन्धान नै गर्नुपर्ने चिकित्सकहरूले बताए।

विभागका प्रमुख प्राध्यापक डा.अनुप घिमिरेले प्री मौसम सुरु भएसँगै धरान जस्तो ठाउँमा डेंगु देखिनु आश्चर्यको विषय भएको बताए। धरान उपमहानरपालिकाको स्वास्थ्य शाखा र स्थानीय समुदायसँग समन्वय गरेर डेंगु नियन्त्रणका लागि सकेसम्मका उपाय अपनाउने उनको भनाइ छ।

धरानका १५ वडाका विभिन्न टोलमा र १३ वडाका दुइटा क्षेत्रमा डेंगु देखिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताए। गत कात्तिकमा आठ जनामा डेंगु भाइसर भेटिएपछि उपमहानगरपालिकाले औषधि छर्केको थियो।

डेंगु सार्ने लामखुट्टे नियन्त्रणका लागि केमिकल ट्रिटमेन्ट, वातावरण सरसफाइ र बायोलोजिकल ट्रिटमेन्ट अपनाइने गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार