पोखरामा एक टोल, एक शौचालय
पोखरा : पोखरा महानगरपालिकाले नगरलाई सफासुग्घर राख्ने उद्देश्यले टोलटोलमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ। पोखरामा नागरिक चाप अत्यधिक भएको स्थलमा चालू आर्थिक वर्षमा १० सार्वजनिक शौचालय निर्माण गर्ने लक्ष्य राखिएको हो।
महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शौचालय निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको र क्रमिकरूपमा नगरपालिकाको टोलटोलमा सार्वजनिक शौचालय निर्माण गर्ने जानकारी दिए। पोखराको हल्लनचोक र डेभिजफल्समा पूर्ण अपाङ्गतामैत्रीसहितका शौचालय निर्माण कार्य अघि बढेको महानगरपालिकाको शहरी पूर्वाधार महाशाखाले जनाएको छ।
सोअनुरुप पोखराको वडा नं ७ स्थित मालपोत, वडा नं १ स्थित हरिचोक, वडा नं २५ को मिलनचोक, वडा नं २६ को राखीडाँडा, वडा नं २८ को रत्नशोभा माविको परिसर, वडा नं १८ को भकुण्डे, वडा नं २१ को दोबिल्ला वनभोजस्थल र गौरीशङ्कर आधारभूत विद्यालयको परिसरमा आधुनिक शौचालय निर्माण गरिने सो महाशाखाले जनाएको छ।
यसका साथै प्रदेश सरकारले पोखराको चार ठाउँमा स्मार्ट शौचालय निर्माणका लागि ५० लाख सहयोग गरेको छ। हल्लनचोक, डेभिजफल्स, पोखरा–७ स्थित मालपोत र वडा नं १ स्थित हरिचोकमा स्मार्ट शौचालय निर्माण गरिने जानकारी गराइएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’