गाउँमै अल्ट्रासाउण्ड सेवा
हुम्ला : ग्रामीण बस्तीमा जिल्ला अस्पतालको टोलीले गाउँमै पुगेर अल्ट्रासाउण्ड सेवा प्रदान गरेको छ। जिल्लाको सर्केगाड गाउँपालिका र चङ्खेली गाउँपालिकामा स्त्रीरोगसम्बन्धी दुई दिनसम्म शिविर सञ्चालन भएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन्।
गाउँपालिकाको आर्थिक सहयोगमा र जिल्ला अस्पताल हुम्लाको आयोजनामा डा. दुर्गा सुर्खालीसहितको चार विशेषज्ञ टोली गाउँमै पुगेर उपचार गरेको सायाँ स्वास्थ्यचौकीका अहेव धर्मराज शाहीले जानकारी दिए। शिविरमा महिलाको पाठेघर, गर्भवती तथा अन्य स्त्रीरोगको परीक्षण, उपचार तथा परामर्श दिइएको अहेव शाहीले जानकारी दिए।
अल्ट्रासाउण्डबाट सञ्चालन भएको शिविरमा सर्केगाड गाउँपालिका र चङ्खेली गाउँपालिकाका १७८ महिलाले स्वास्थ्य परीक्षण तथा सेवा लिएको सर्केगाड स्वास्थ्यचौकी इन्चार्ज सन्तोष धामीले जानकारी दिए। सिमकोटमा रहेको जिल्ला अस्पतालबाट सर्केगाड ल्याइएको अल्ट्रासाउण्डबाट शिविरमा बिरामीले सुविधा पाएको वरिष्ठ अनमी बोहराले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण