स्वस्थ रहन सरकारी कर्मचारीले जनाए यस्तो प्रतिबद्धता
दार्चुला : जिल्लामा कार्यरत जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूले रक्सी, चुरोट र सुर्तीजन्य वस्तुबाट टाढै रहने प्रतिबद्धता जनाएका छन्।
स्वास्थ्य कार्यालय दार्चुलाले आयोजना गरेको राष्ट्रिय रक्तचाप जाँच अभियान कार्यक्रममा उनीहरुले आफ्नो स्वास्थ्यप्रति जिम्मेवार रहेको भन्दै स्वास्थ्यको जिम्मेवारी १० बुँदे प्रतिबद्धता जनाएका हुन्।
उनीहरूले ‘म स्वस्थ्य र पोषिलो खाना खान्छु, म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थबाट टाढै रहन्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु र म नियमित व्यायाम गर्छु’ जस्ता प्रतिबद्धता जनाएका हुन्।
यस्तै उनीहरूले म तनावरहित जीवनशैलीलाई आत्मसात् गर्छु, ‘म प्रदूषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्छु, म ट्राफिक नियमको पालना गर्छु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’लगायतका प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारीहरुको रक्तचाप परीक्षण गरिएको छ । मर्निङ वाक गराएपछि उनीहरुको रक्तचापको अवस्था बुझ्नका लागि कार्यक्रमका सहभागीहरुको रक्तचाप परीक्षणको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख शिवराज सुनारले बताए।
पछिल्लो समय मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण स्वास्थ्यमा ठूलो लगानी खर्च भइरहेको छ । बिरामी भइसकेपछि हुने खर्च कम गर्नको निमित्त पनि यस्ता सन्देश प्रवाह हुने कार्यक्रम गरिएको उनले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’