Health TV Online
Health TV Online
Health TV Online

बिरामीलाई जाँच्ने समय पाँच मिनेट बढाउन माग

बिरामीलाई जाँच्ने समय पाँच मिनेट बढाउन माग

बेलायतमा सरकारी चिकित्सकहरूले बिरामीलाई हेर्ने समय कम भएको भन्दै बढाउन माग गरेका छन्। बढ्दो जटिलताका कारण बिरामीलाई हेर्ने हालको समय कम भएको भन्दै उनीहरूले बढाउन माग गरेका हुन्।

उनीहरूले हालको समयमा पाँच मिनेट थपेर १५ मिनेट बनाउन आग्रह गरेका छन् । एक चिकित्सकले प्रतिरोगी करिब १० मिनेट दिने गरेका छन्।

‘रोयल कलेज अफ जनरल प्राक्टिसनर्स (आरसीजीपी) का अनुसार बेलायतमा २००३ पछि प्रतिवर्ष आठ प्रतिशतले दीर्घ रोगीहरूको संख्यामा वृद्धि भएको छ ।

त्यो अनुपातमा बिरामीहरूलाई समय कम भएको निष्कर्ष चिकित्सकहरूको छ। यसैलाई ध्यानमा राखेर पछिल्लो वर्षको अक्टोबरमा सरकारले ‘एप्वाइन्टमेन्ट’ को समयसीमाको समीक्षा गरेको थियो। समीक्षा बैठकलगत्तै समय बढाउने सिफारिस गरिएको छ।

चिकित्सकसँग बिरामीको समय पाँच मिनेट बढाउनुको अर्थ स्वास्थ्य क्षेत्रका झन्डै साढ चार अर्ब रुपैयाँ खर्चिनुपर्छ। यसबाट करिब २० हजार चिकित्सक र विशेषज्ञहरूको नयाँ नियुक्ति गर्नुपर्नेछ।

क्याम्ब्रिज विश्वविद्यालयको एक शोधअनुसार सन् २०१७ मा बेलायतमा चिकित्सकसँग रोगीको बस्ने औसत समय ९ दशमलब २२ मिनेट रहेको छ । बेलायतका ९२ प्रतिशत चिकित्सकका अनुसार उनीहरूसँग रोगीलाई राम्ररी हेर्ने पर्याप्त समय छैन।

थप समाचार