भिटामिन डीको कमीले निम्तिन्छन् शरीरमा यस्ता समस्या, सूर्यको किरणबाट लिनुस् फाइदा
शरीर स्वस्थ रहनका लागि सबै प्रकारका भिटामिन आवश्यक पर्ने र कुनै एक भिटामिनको कमी हुँदा त्यसले समग्र स्वास्थ्यमा नै असर पर्न जाने गर्दछ।
भिटामिन डी को कमिले पनि हड्डी कमजोर हुने, अत्यधिक थकान, ढाड, मेरूदण्ड तथा मांसपेशीको दुखाइ, डिप्रेसन, उच्च रक्तचाप तथा मधुमेह जस्ता विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्छ। साथै दम तथा मुटु अनि रक्तनलीको रोग बढ्ने, स्ट्रोक वा मस्तिष्क पक्षघातका सम्भावना बढ्ने, यौन क्षमता घट्ने आदि पनि हुनसक्ने अनुसन्धानले देखाएका छन्।
भिटामिन डीका लागि बिहानको घाम सबै भन्दा उत्तम छ भन्ने मान्यता पनि पाइन्छ। तर बिहानको घाममा भिटामिन डी एकदमै न्यून पाइने अनुसन्धानले देखाउँछ।
छालामा ‘यूभी बी’ नामक सूर्यका किरणहरू पर्दा भिटामिन डी पैदा हुन्छ। तर बिहान तथा बेलुकाको सूर्यको किरणमा यो एकदमै कम हुन्छ। काठमाडौं विश्वकै प्रदूषित शहरमध्येमा पर्दछ। अनुसन्धानहरूलाई हेर्ने हो भने प्रदूषण भएका ठाउँमा यूभी बी किरण छिर्न गाह्रो हुन्छ। साथै एक अनुसन्धानले काठमाडौंमा बिहान सबैभन्दा बढी प्रदूषण हुने देखाएको छ। साधारण प्रदूषणले यूभी बी किरणहरू छिर्न दिँदैन अझ बढी प्रदूषण भएको बेला भिटामिन डी पैदा हुने एकदमै न्युन मात्रामा हुन्छ।
तथ्यहरूलाई हेर्दा काठमाडौं जस्ता शहरमा बिहान बेलुकी घाम तापेर भिटामिन पाउन सकिँदैन वा एकदमै न्युन फाइदा मात्र हुन्छ। एकदमै सफा र प्रदूषणविहीन गाँउघरमा भिटामिन डी पाउन बिहान १० देखि दिउँसो २ बजेको घाम ताप्नु सबैभन्दा उपयुक्त हुन्छ।
तथ्यहरूलाई हेर्दा काठमाडौं जस्ता शहरमा बिहान बेलुकी घाम तापेर भिटामिन पाउन सकिँदैन वा एकदमै न्युन फाइदा मात्र हुन्छ। एकदमै सफा र प्रदूषणविहीन गाँउघरमा भिटामिन डी पाउन बिहान १० देखि दिउँसो २ बजेको घाम ताप्नु सबैभन्दा उपयुक्त हुन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण