नगरवासीलाई निरोगी बनाउन योग अभ्यास
मुगु : धेरै मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि छायानाथ नगरपालिकाले योगाभ्यास सञ्चालनमा ल्याएको छ।सर्वसाधारणको स्वास्थ्यस्तर दिनप्रतिदिन खस्किँदै गएको भन्दै नगरपालिकाभित्र योगाभ्यास सञ्चालन गरिएको हो।
स्थानीयवासीको जीवनशैलीमा सुधारका लागि नगरपालिकाको आर्थिक र प्राविधिक सहयोग तथा गमगढी पतञ्जलि योग समितिको सहकार्यमा नगरपालिकाका सबै नागरिकमा योगमार्फत स्वास्थ्य सुधार र सकारात्मक सोचाइ विकास गर्ने उद्देश्यले योग कार्यक्रम शुरु गरिएको नगरप्रमुख हरिजङ्ग शाहीले बताए।
नगरपालिकाका सबै बस्तीका मानिसको स्वस्थ जीवन बनाउनका लागि सबै बस्तीमा तीन दिनको योग शिविर सञ्चालन गरिएको मुगु जिल्ला पतञ्जलि योग समितिका अध्यक्ष जयबहादुर मल्लले जानकारी दिए।
जिल्लाका चार स्थानीय तहमध्ये छायानाथ एक मात्र नगरपालिका हो।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने