एसियन फर्मास्युटिकल्समा भीषण आगलागी
बुटवल : रूपन्देहीको ओमसतिया गाउँपालिका कटैयास्थित एसियन फर्मास्युटिकल्स प्रालिमा सोमबार भीषण आगलागी भएको छ। उद्योगको नयाँ भवनमा रहेको औषधि गोदाममा आगलागी भएको हो।
उत्पादन गरेर स्टोर गरेको स्थानमा आगलागी हुँदा करिब ५० करोड रुपैयाँबराबरकोक्षति भएको प्रबन्ध निर्देशक हुतानन्द खनालले बताए। सोमबार दिउँसो ४ बजेतिर लागेको आगो राति १० बजे मात्र नियन्त्रणमा आएको थियो।
नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीयबासी , उद्योगका कर्मचारीसँगै रुपन्देही र कपिलबस्तुका बाणगंगा, सिद्धार्थनगर, बुटवल र तिलोत्तमा सातवटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !