मिर्गौला रोगीद्वारा सहयोगको याचना
इलाम : दुवै मिर्गौला काम नलाग्ने भएर उपचार गराइरहेका सूर्योदय नगरपालिका–६, कन्यामका मित्रप्रसाद चापागाईँले सहयोगको याचना गरेका छन्।
डेढ महिनादेखि काठमाडौंस्थ्ति त्रिवि शिक्षण अस्पतालमा उपचाररत ५१ वर्षीय चापागाईँले उपचारका क्रममा भएभरको रकम सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग आग्रह गरेका हुन्। पीडितका परिवार र आफन्तले उपचारमा सहयोग जुटाउने पहल गरिदिन सञ्चारकर्मीसँग आग्रह गरे।
मित्रप्रसादका भतिज हेमचन्द्रले दुवै मिर्गौला प्रत्यारोपण गर्न २२ लाख रुपैयाँ खर्च हुने बताए। उनको उपचारमा अहिलेसम्म १० लाख रुपैयाँ खर्च भइसकेको परिवारले बताएको छ। मित्रप्रसादको मिर्गौला डाइलाइसिस गर्दा प्रत्येक साता १० हजार रुपैयाँ खर्च भइरहेको छ।
उपचार सहयोग रकम संकलन गर्न ग्लोबल आईएमई बैंकको फिक्कल शाखामा लेखनाथ दाहाल र हेमचन्द्र चापागाईँको नाममा २७०७०१०००९४५४ नम्बरको खाता खोलिएको छ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने