मुगुमा बन्दै सुविधासम्पन्न जिल्ला अस्पताल
मुगु : ५० शय्याको जिल्ला अस्पताल निर्माण भइरहेको छ। कोरियाली सहयोग नियोग (कोइका)को २५ करोड रुपैयाँ आर्थिक सहयोगमा भवनको करिब ९५ प्रतिशत काम पूरा भएको जिल्ला अस्पताल मुगुले जनाएको छ।
२०७३ साउन अन्तिम सातादेखि निर्माण थलिएको अस्पताल भवनको रंगरोगन गर्ने काम मात्र बाँकी रहेको बताइएको छ। २०७६ वैशाखभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको काम भए पनि सडक बन्द, सामना ढुवानीमा समस्याका कारण पुस मसान्तमा मात्र निर्माण सकिने कोइकाका कन्ट्रक्सन इन्जिनियर मक्रबहादुर स्वाँरले बताए ।
तीनतले अस्पातल भवन ६० कोठाको छ। अपाङ्गमैत्री, पर्याप्त शौचालय र पर्याप्त पार्किङ सुविधासहितको भवन रहेको कोइकाले जनाएको छ। अस्पताल भवन निर्माणपछि शल्यक्रिया र जटिल प्रकारका रोगको उपचार जिल्लामै गर्ने जिल्ला अस्पताल मुगुले जनाएको छ।
भवन निर्माणपछि २० करोड रुपैयाँ बराबरको उपकरण राखिने जनाइएको छ। एक्सरे, भिडियो एक्सरे, ल्याबलगायत जटिल रोगको शल्यकृया गर्ने व्यवस्थासहित उपकरण खरिद गरी अस्पताललाई हस्तान्तण गरिने कोइकाले जनाएको छ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?