म्याग्दीमा भेटिए ४३ क्षयरोगी
म्याग्दी : जिल्लामा यो वर्ष ४३ क्षयरोगी फेला परेका छन्। क्षयरोगीको पहिचान गर्ने क्रममा चालू आर्थिक वर्षको वैशाखसम्ममा जिल्लामा ४३ क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ।
क्षयरोगी पहिचान तथा उपचारका विधिबारे सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा गत वर्ष ५६ जनाको उपचार गरिएको स्वास्थ्य कार्यालय प्रमुख भीमप्रसाद आचार्यले बताए। प्रमुख आचार्यका अनुसार जिल्लाभित्र अझै २४ क्षयरोगी रहेको अनुमान गरिएको छ।
नियमित औषधि खानुपर्नेमा बीचमा औषधि छोडेर पुनःबल्झिएर उपचारमा आउने गरेकोगरेकालेजनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने स्वास्थ्य कार्यालयका सुपरभाइजर मनिष महतोले बताए। फोक्सो, ग्रन्थी, हड्डीका साथै पेटमा देखिए पनि फोक्सो र घाँटीको क्षयरोगीको सङ्ख्या बढ्न थालेपछि अभियानलाई तीव्रता दिनुपर्ने अवस्था आएको उनको भनाइ छ।
जिल्लामा लुकेका क्षयरोगीको पहिचानका लागि बेनी अस्पताल, मालिका गाउँपालिकाको दरबाङ, धवलागिरि गाउँपालिकाको ताकम, अन्नपूर्ण गाउँपालिकाको शिख र भुरुङ तातोपानीमा खकार परीक्षण केन्द्र छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’