गर्भपनतमाथि अंकुश लगाउने अलाबामाको कानुनलाई ट्रम्पको समर्थन
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गर्भपतनसम्बन्धी कानुनको समर्थन गरेका छन्। आफू ‘जीवन समर्थक’ भएको भन्दै उनले गर्भपतनमा कडाइ गर्नु मनासिव भएको बताएका छन्।
उनले बलात्कार वा अनिच्छुक यौन सम्बन्धबाट भएको अवस्थामा गर्भपतन गर्न भने छुट दिन सकिने प्रतिक्रिया दिएका छन्। दुई दिनअघि अमेरिकाका दुईवटा राज्यमा गर्भपतनमाथि कडा कानुन बनाउने स्वीकृति मिलेको थियो।
अमेरिकी राष्ट्रपति ट्रम्प शुरुदेखि नै गर्भपतनमाथि अंकुश लगाउने पक्षमा अडिग छन्। आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा गर्भपतनसम्बन्धी मुद्दा महत्वपूर्ण हुने देखिएको छ।
अलाबामाका गभर्नरले गर्भपतनमाथि पूर्ण प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन्। ट्रम्पले ट्विट गरेका छन्, ‘अधिकांश व्यक्तिलाई यो थाहा छ र जसले जान्न चाहन्छन्, उनीहरूका लागि म जीवन समर्थक हुँ। केवल तीन अवस्था (बलात्कार, आफन्तसँगको यौनसम्बन्ध र आमाको ज्यान जाने स्थिति)मा यसलाई अपवाद मानिनेछ।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण