Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य बिमामा आबद्ध हुनेलाई एक लाखसम्मको उपचार

स्वास्थ्य बिमामा आबद्ध हुनेलाई एक लाखसम्मको उपचार

काठमाडौं : स्वास्थ्य बिमामा आबद्ध हुनेले एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउन थालेका छन्। जेठअघि स्वास्थ्य बिमा आबद्ध हुनेले वार्षिक ५० हजार रुपैयाँसम्मको मात्रै उपचार सुविधा पाउँदै आएका थिए।

दुई महिनाअघि पारित भएको स्वास्थ्य बिमा नियमावलीले तोकेको सुविधा यसअघि नै २०७६ जेठदेखि लागु हुने भएपछि स्वास्थ्य बिमामा आबद्ध भएकाहरूले उपचार सेवा पाउन थालेका हुन्। स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलका अनुसार बिमा लागु भएका ४५ जिल्लाका बिमितहरूलाई एक लाखबराबरको सेवा सुविधा दिन थालिएको हो।

नियमावलीले ५० हजार रुपैयाँसम्मको उपचार सुविधालाई बढाएर एक लाख पुर्‍याएको थियो। यस्तै, वार्षिक तिर्नुपर्ने रकम (प्रिमियम) प्रतिपरिवार दुई हजार पाँच सयबाट बढाएर तीन हजार पाँच सय पुर्‍याएको छ। नियमावलीले ७० वर्षमाथिका ज्‍येष्ठ नागरिकलाई एक लाख रुपैयाँसम्मको बिमा निःशुल्क गरिदिने व्यवस्था गरेको छ।

त्यसअघि वार्षिक दुई हजार पाँच सय रुपैयाँ प्रिमियम तिरेर सदस्य बनेकाहरूले भने एकवर्षे अवधि नसकिँदासम्म वार्षिक ५० हजार रुपैयाँसम्मको सुविधा पाउने बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार