Health TV Online
Health TV Online
Health TV Online

आँखा शिविरमा ९०० जनाले गराए जाँच

आँखा शिविरमा ९०० जनाले गराए जाँच

सोलुखुम्बु : खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित खुन्दे अस्पतालमा सञ्चालित आँखा शिविरबाट ९०० सर्वसाधारण लाभान्वित भएका छन्। अस्पतालमा दुई दिन चलेको निःशुल्क आँखा शिविरमा ५१ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ भने ९२ जनालाई सहुलियतमा चस्मा वितरण गरिएको छ।

अस्पतालको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो। शिविरबाट आँखाको ज्योति गुमाएका ५१ जनाको शल्यक्रियापछि ज्योति फर्काइएको सामुदायिक आँखा केन्द्र फाप्लुका नेत्र अधिकृत पुष्पबाबु बस्नेतले जानकारी दिए।

शिविरमा लोबुचे, दिङ्बुचे, खुम्जुङ, छोकुङ, थामे, नाम्चे, पाङ्बोचे, फोर्चेलगायत उच्च हिमाली भेगका ज्येष्ठ नागरिकले सेवा लिएको बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार