Health TV Online
Health TV Online
Health TV Online

प्रसूति सिकाउन केयूमा ‘सिमुलेसन ल्याब’

प्रसूति सिकाउन  केयूमा ‘सिमुलेसन ल्याब’

काभ्रे : काठमाडौं विश्वविद्यालय केयू स्कुल अफ मेडिकल साइन्सेज धुलिखेल अस्पतालले महिला तथा प्रसूतिसम्बन्धी अत्याधुनिक ‘सिमुलेसन ल्याब’ शुरु गरेको छ।

विश्वविद्यालयमा ब्याचलर अफ मिडवाइफरी र एमएससी मिडवाइफरीका विद्यार्थीहरुको प्रयोगात्मक अध्ययनका लागि यो ल्याब सञ्चालनमा ल्याइएको हो। मुलुकमै पहिलोपल्ट महिला तथा प्रसूतिसम्बन्धी ल्याब स्थापना गरिएको केयूले दाबी गरेको छ। कृत्रिम मानव (मेन्क्विन) तथा मानव अङ्गका प्रतिरूप यो ल्याबमा छन्।

मानव अङ्गका प्रतिरूपमार्फत विद्यार्थीहरुले ल्याबमा रहेको ‘सिम मम्’ (मेन्क्विनबाट बनेकी आमा) बाट सिक्न सक्छन्। सिम ममले मानिसले झैं स्वास फेर्ने, मुटु चल्ने, कराउने, चिच्याउने सबै गर्न सक्छ । यसमा सबै कामहरु कन्ट्रोल रुमबाट हुन्छ। सिमुलेसन हेल्थकेयर प्रशिक्षक डा.अस्मिता आचार्यका अनुसार सिमुलेसन ल्याबमा रहेर विद्यार्थीहरूले एउटै समस्याको समाधानका लागि धेरै पटक प्रयोगात्मक अभ्यास गर्न सक्नेछन्

सिमुलेसन ल्याबमा एक पटक गल्ती भयो भने पनि ल्याबको टीममा बसेर पुनः प्रक्रिया सुरु गराइनेछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार