Health TV Online
Health TV Online
Health TV Online

चिकित्सकको टोली घरमै पुगेर गर्भ जाँच

चिकित्सकको टोली घरमै पुगेर गर्भ जाँच

काभ्रे : पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ। नगरपालिकाले गत शुक्रबारदेखि चिकित्सकको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्सरे सेवासमेत उपलब्ध गराएको हो।

गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको वडा नं. १ अनैकोट र वडा नं.१३ को कोशीदेखाबाट शुरु गरिएको नगर उपप्रमुख लक्ष्मी दनुवारले बताइन्। ‘नगरपालिकाभित्रका गर्भवती महिलाको गर्भजाँच स्वास्थ्यकर्मी टोलीले भिडियोसहित काम शुरु गरेका छन्।’ उनका अनुसार समयतालिका बनाएर गर्भवती महिलाको घरमै गई सेवा दिइनेछ।

‘गर्भवती घरदैलो सेवा’ कार्यक्रमअन्तर्गत शुरुमा गर्भवती महिला पहिचान गरी सूचीकृत गरिनेछ। त्यसपछि हप्ताको एक दिन एउटा वडामा पुगेर गर्भवती महिलाको गर्भजाँच सेवा दिइने उपप्रमुख दनुवारले जानकारी दिइन्।

एक महिलाले कम्तीमा तीनपटक गर्भजाँच गराउनुपर्ने हुन्छ। सोहीअनुसार नगरपालिकाले एक महिला गर्भवती भएपछि उनको गर्भ तीनपटक भिडियो एक्सेरे गरेर जाँच गरिनेछ। गर्भजाँचका क्रममा गर्भवती महिलाको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको पाइए पाँचखालस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क उपचार गराइने र उक्त केन्द्रमा उपचार सम्भव नभए अन्य अस्पतालमा सिफारिस गरिने व्यवस्था मिलाइएको छ।

नगरपालिकाभित्रका अधिकांश गर्भवती महिलाले गर्भजाँच नगराएको पाइएपछि अकालमै आमा र बच्चाको मृत्यु नहोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नपा उपप्रमुख दनुवारले बताइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार