नर्सको धर्नामा प्रहरी हस्तक्षेप, ११ जना पक्राउ
काठमाडौं : शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा धर्नामा बसेका नर्सहरूलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार केन्द्रमा धर्नामा बसेका ११ नर्सहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेमध्ये चार जनालाई जगाती प्रहरी वृत्तमा र सात जनालाई भक्तपुर प्रहरी प्रभागमा राखिएको संघर्ष समिति संयोजक नर्स त्रजिता जतीले जानकारी दिइन्। वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरू शुक्रबार उपचार केन्द्रमा शान्तिपूर्ण धर्ना गर्दैगर्दा पक्राउ परेका हुन्।
नर्सहरूले प्रत्यारोपण केन्द्र प्रशासनले पाँच महिनादेखि पुराना कर्मचारीलाई स्थायी, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई भन्दा काम गरेकैलाई प्रोत्साहन गर्नुपर्ने, जोखिम भत्ता प्रदान गर्नुपर्नेसहितका माग अघि सारेका छन्।
नर्सहरूको आन्दोलन चलिरहँदा लोकसेवामार्फत आवेदन खुला गरिएको छ। त्यसमा पनि चिकित्सक र नर्सको मात्रै आवेदन खोल्नुमा चलखेल भएको आरोप नर्सहरूले लगाउँदै आएका छन्। हाल प्रत्यारोपण केन्द्रमा भएका ९६ जना नर्सहरूलाई बेवास्ता गरेर ९६ जना नै खुला प्रतिस्पर्धाबाट ल्याउन लागेको भन्दै आफूहरू आन्दोलनमा उत्रिएको उनीहरूको भनाइ छ।
स्थायी, काम र अनुभवका आधारमा बढुवा, जोखिम भत्तालगायत माग राखेर अघिल्लो शुक्रबारदेखि शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र नेपाल नर्सिङ संघमा अनशनरत दुई नर्सको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ।
एक हप्तादेखि प्रत्यारोपण केन्द्रको प्रांगणमा अनशनमा बसिरहेकी केन्द्रमा कार्यरत डिक्की शेर्पा र नेपाल नर्सिङ संघको केन्द्रीय कार्यलय लाजिम्पाटमा जिता बराल अनशन बसेका छन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने