Health TV Online
Health TV Online
Health TV Online

मिर्गौलारोगी १२ वर्षीया बालिकालाई आर्थिक सहयोग

मिर्गौलारोगी १२ वर्षीया बालिकालाई आर्थिक सहयोग

पोखरा : मिर्गौला रोगबाट थलिई उपचाररत १२ वर्षीया बालिकालाई आर्थिक सहयोग प्रदान गरिएको छ। म्याग्दीको मालिका गाउँपालिका–१ निष्कोट स्थायी घर भई पोखरा महानगरपालिका–३३ बस्दै आएकी कल्पना पुनलाई अष्ट्रेलियामा सङ्कलन गरिएको चार लाख सात हजार ९१५ रुपैयाँ प्रदान गरिएको हो।

गत वैशाखदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेकी एलिसाका परिवारलाई निष्कोटकै सञ्जय पुन, नरबहादुर पुन र एलिसा पुनको सक्रियतामा अष्ट्रेलियामा सङ्कलन गरिएको रकम एलिसाका बुबा भवहादुर पुन र नरबहादुरकी श्रीमती पानकुमारी पुनले बिहीबार गरेका हुन्।

त्यस्तै लेकसाइडका सन्ध्या गुरुङबाट पनि एक लाख ३५ हजार रुपैयाँ पीडित बालिकाको परिवारलाई हस्तान्तरण गरिएको थियो । मजदुरी गरेर परिवार पाल्दै आएका वीरबहादुरले छोरीको उपचारमा हालसम्म१३ लाख रुपैयाँ खर्च गरिसकेको जानकारी दिए।

उनको उपचारमा २३ रुपैयाँ लाख लाग्ने चिकित्सकले बताएको जनाउँदै फरिवारले सहयोगको याचना गरेको छ। दुई वर्षअघि एलिसाका दुवै मिर्गौलामा खराबी देखिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार