सुत्केरी हुन नसकेकी किशोरीलाई हेलिकोप्टरबाट उद्धार
रुकुम : सुत्केरी हुन नसकेकी रुकुम पूर्वकी एक किशोरीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। पुथा उत्तरगंगा गाउँपालिका ८, चारगाउँकी १६ वर्षीया मलिना मल्ललाई सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको हो।
व्यथा लागेको तीन दिनसम्म पनि बच्चा नजन्मेपछि हेलिकोप्टर मगाएर उनको उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी श्रवणकुमार साहले बताए। सुत्केरी व्यथा सुरु भएपछि उनी परिवारका सदस्यको साथमा स्थानीय स्वास्थ्य चौकीमा गएकी उनलाई स्वास्थकर्मीले अन्यत्रै लैजान सुझाव दिएका थिए।
एक साताअघि गाउँमै आयोजना गरिएको स्वास्थ्य शिविमा डाक्टरले पेटमा रहेको बच्चा उल्टो भएको भन्दै मलिनालाई सुविधा सम्पन्न ठाउँमा लैजान सुझाव दिएका थिए। रकम र यातायातका साधन अभावमा उनलाई अस्पताल जान नसक्दा यस्तो समस्या भएको परिवारले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण