‘खानेकुराको स्वच्छतामा ध्यान दिनुहाेस्’
विराटनगर : रोगबाट जोगिन खानेकुराको स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ। खानेकुराबाट लगभग २५० किसिमको रोग लाग्ने गरेकाले पनि जानकारी दिइएको छ।
विश्व खाद्य स्वच्छता दिवस प्रथम र एघारौँ राष्ट्रिय खाद्य स्वच्छता दिवसका अवसरमा खानेकुराको अस्वच्छताले बढी रोग लाग्ने, शिशु, वृद्ध र गर्भवती, खाद्य व्यापार आयात एवं निर्यात तथा पर्यटन क्षेत्रमा असर गर्ने, स्वास्थ्य रक्षासम्बन्धी खर्च बढाउने र खाद्य शृङ्खलाले अन्तर्राष्ट्रिय सीमासमेत पार गर्ने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने सुझाव दिइएको छ।
खाद्यमा हुने अस्वच्छता हटाउन सरोकार पक्षलाई अभिप्रेरित गराउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नियमित रूपमा काम गर्दै आएको छ। कार्यालय प्रमुख प्रमोद कोइरालाले खाद्यमा हुने अस्वच्छताले सबैभन्दा बढी बालबालिका र वृद्धामा रोग लाग्ने गरेको जानकारी दिए।
खाद्य पदार्थलाई स्वच्छ बनाउन उत्पादक, वितरक, उद्यमी र निर्यातकर्तासमेतलाई सचेतना तालिम दिइएको छ। गत वर्ष यसै सम्बन्धमा ८७ र यस वर्ष अहिलेसम्मका अवधिमा २७ मुद्दा दर्ता भएको बताइएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’