एसिड प्रहारले घाइते जेनीकाे अवस्था स्थिर र गम्भीर
काठमाडौं : श्रीमानले एसिड प्रहार गर्दा घाइते भएकी जेनी खड्काको स्वास्थ्य अवस्था स्थिर र गम्भीर रहेको अस्पतालले जनाएको छ। हाल उपचार उनको कीर्तिपुर अस्पतालमा भइरहेको छ। शुरुमा आईसीयूमा राखेर उपचार गरिएकोमा अहिले वार्डमा सारिएको अस्पतालले जनाएको छ।
शरीरमा एसिड परेकाहरूको अवस्था उपचार गरेको ४८ देखि ७२ घण्टापछि मात्र थाहा हुने हुँदा अहिले नै केही भन्न नसकिनै बताइएको छ। एसिडका कारण उनको दुवै हात, छातीको अगाडिको भाग, घाँटीको भाग र अनुहारको तल्लो भाग गरी २० प्रतिशत भाग जलेको अस्पतालले जानकारी दिएको छ।
आफूसँग नबसेकाे भन्दै काभ्रे धुलिखेल घर भई काठमाडाैं बस्दै आएका विष्णु भुजेलले श्रीमती जेनीलाई बुधबार बेलुकी ८ बजेतिर काठमाडौंको कालोपुलनजिक एसिड प्रहार गरेका थिए। श्रीमतीलाई एसिड प्रहार गरेर भक्तपुरतिर भागेका विष्णुलाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण