Health TV Online
Health TV Online
Health TV Online

‘डडेलधुराका सबै विद्यालयमा एटीएम शौचालय’

‘डडेलधुराका सबै विद्यालयमा एटीएम शौचालय’

डडेलधुरा : मर्यादित छुई वर्ष (महिनावारी) विरुद्ध अभियान सञ्चालन गरिरहेको भागेश्वर गाउँपालिकाले सबै विद्यालयमा एटीएम शौचालय निर्माण गर्ने अभियान शुरु गरेको छ।

अभियानअन्तर्गत पहिलो पटक गाउँपालिका कार्यालयसँगै रहेको सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि प्याडसहितको एटीएम मेसिन बुधबार शुरु गरिएको छ।

सेनिटरी प्याड उद्घाटन गर्दै गाउँपालिका प्रमुख कौशिला कुमारी भट्टले महिनावारी भएको समयमा विद्यालय नआउने छात्राहरूका लागि यो अभियान शुरु गरिएको बताइन्। महिनावारी भएका बेला अधिकांश किशोरीहरू विद्यालय आउन अप्ठेरो मान्ने गरेको उनको भनाइ छ।

बुटवलको एउटा क्याम्पसमा एटीएम शौचालयको समाचार पढेर आफूले पनि गाउँपालिकाअन्तर्गतका सबै माध्यमिक विद्यालयमा यो व्यवस्था गर्ने निर्णयमा पुगेकाे उनले बताइन् ।

विद्यालयले पनि प्याडका लागि दुई रूपैयाँ शुल्क राख्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर चन्दले बताए । ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना र गाउँपालिकाको संयुक्त लगानीमा उक्त अभियान शुरु गरिएको बताइएकाे छ।

विद्यालयहरूले प्याड खरिद गर्न महंगो हुने भएका कारण प्याड बनाउने तालिमसमेत आयोजना गर्ने गाउँपालिकाले बताएको छ । हरेक माध्यामिक विद्यालयका दुई शिक्षिकालाईप्रशिक्षण दिन ३ लाख ५० हजार गाउँपालिकाले विनियोजन गरेको प्रमुख भट्टले बताइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार