Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य बिमामा बढ्याे आकर्षण

स्वास्थ्य बिमामा बढ्याे आकर्षण

खोटाङ :  जिल्लामा स्वास्थ्य बिमा कार्यक्रममासर्वसाधारणको आकर्षण बढेको छ। सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमवापतको सेवासुविधा प्राप्तिका लागि जिल्लाका १० स्थानीय तहमा स्वास्थ्य बिमा दर्ता कार्यक्रमलाई तीव्रगतिमा अघि बढाइएको हो ।

जिल्लाको ऐंसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल खोटाङ, जिल्ला अस्पताल उदयपुर, जिल्ला अस्पताल ओखलढुङ्गा, जिल्ला अस्पताल सोलुखुम्बु, धरान, विराटनगर, काठमाडौँ, भक्तपुरलगायतमा रहेका सरकारी अस्पतालबाट स्वास्थ्य उपचार सेवा  पाउनेगरी स्वास्थ्य बिमा दर्ता भइरहेको स्वास्थ्य बीमा बोर्ड खोटाङका संयोजक सन्तोष दाहालले जानकारी दिए । जिल्लामा २०७४ पुस २४ गतेदेखि अहिलेसम्ममा १७ हजार ४५१ ले बिमा गरिसकेका छन्।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु, काठमाडौँअन्तर्गत कात्तिकदेखि पुससम्म नाम दर्ता भएका नागरिकको स्वास्थ्य बिमा फागुन १ गते, माघदेखि चैतसम्म नाम दर्ता गरेका नागरिकको बीमा जेठ १ गते, वैशाखदेखि असारसम्म नाम दर्ता गरेका नागरिकको भदौ १ देखि र साउनदेखि असोजसम्म नाम दर्ता गरेका नागरिकको बिमा मङ्सिर १ गतेदेखि लागू हुने जनाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार