बर्डफ्लुविरुद्ध सचेतना अभियान
काभ्रेपलाञ्चोक : स्वास्थ्य मन्त्रालयले बर्डफ्लु रोगविरुद्ध सचेतना अभियान थालेको छ । सो रोगबाट काभ्रेपलाञ्चोकका २१ वर्षीय युवकको मृत्यु भएको तथ्य सार्वजनिक भएपछि यहाँका कुखुरापालक किसान तथा सर्वसाधारण त्रसित देखिएकाले जिल्लास्थित भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सचेतना अभियान कार्यक्रम थालेको हो।
बर्डफ्लु रोगका कारण काभ्रेपलाञ्चोककै एक युवकको मृत्यु भएपछि केन्द्रले जिल्लाका सबै स्थानीय तहमा यसबारे सचेतना कार्यक्रम आयोजना गर्नेबारे छलफल भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार ज्वरो, रुघाखोकीबाट ग्रसित ती युवकलाई गत चैत १० गते अस्पताल भर्ना गरिएको र उनको विभिन्न स्वास्थ्य परीक्षण तथा औषधि सेवन गरिरहेकै अवस्थामा चैत १५ गते मृत्यु भएको थियाे। विभिन्न परीक्षणबाट ती युवकमा इन्फ्युएन्जा ए एच वान सङ्क्रमण भएको पुष्टि भएको थियो।
केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले बर्डफ्लु रोगविरुद्धको सचेतना कार्यक्रम पाँचखाल नगरपालिकाबाट शुरु गरिएको बताए। केन्द्रीय राजधानी काठमाडाैंलगायत छिमेकी जिल्ला मकवानपुर र भक्तपुरमा बर्डफ्लुजन्य सङ्क्रमण देखिएपछि केन्द्रले गत चैत अन्तिम सातादेखि कुखुरापालक किसानलाई जैविक–सुरक्षा (बायो–सेक्युरिटी) सचेतना अभियान सञ्चालन गर्दै आएको थियो।
केन्द्रले जिल्लास्तरीय बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समिति (डाइटेक)को निर्देशनमा गत चैत दोस्रो साता काभ्रेपलाञ्चोकको तीनवटा नाका साँगा, नाला र मङ्गलटारमा स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा जाँच चौकी राखिसकेको छ।
जाँच चौकीमा रोगमुक्त भएका कुखुराका चल्ला, अण्डा र स्वस्थ पक्षीजन्य पदार्थ भएको नेपाल भेटनरी एशोसिएशनको प्रमाणपत्र जाँच गरेर मात्रै जिल्लामा भित्र्याइने गरिएको छ। जाँचचौकीमा आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरा तथा पक्षीजन्य पदार्थलाई प्रोगशालामा पठाइने गरिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण