भरतपुरमा थप दुई आयुर्वेद औषधालय
भरतपुर : भरतपुर महानगरपालिकाको दुई स्थानमा आयुर्वेद औषधालय सञ्चालनमा ल्याइएको छ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ३ को महानगरपालिका स्वास्थ्य आयुर्वेद जीवनशैली व्यवस्थापनसम्बन्धी परियोजनाअन्तर्गत भरतपुर महानगरपालिका–१ देवघाट र वडा नम्बर ११ को स्वास्थ्य शहरी क्लिनिकमा औषधालय सञ्चालनमा ल्याइएको हो। महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले बुधबार औषधालयको उद्घाटन गरिन्।
देवघाटमा वृद्धवृद्धालाई लक्ष्य गरी निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिनेछ भने भरतपुर महानगरपालिका–११ को शहरी स्वास्थ्य क्लिनिकमा नियमित परीक्षणसँगै औषधि वितरण गरिने निर्देशनालयका आयुर्वेद शाखा प्रमुख डा.झुलाराम अधिकारीले बताए।
चितवनमा अब १० वटा आयुर्वेद औषधालय सञ्चालनमा रहनेछन्। बर्सेनि आयुर्वेद औषधितर्फ सर्वसाधारणको ध्यान केन्द्रित हुँदै गएसँगै नमुना परियोजनाको रूपमा काम थालिएको हो।
चितवनमा वार्षिक ३५ हजारले आयुर्वेद सेवा लिने गरेका छन्। यो सेवा लिनेको सङ्ख्या बढ्ने क्रममा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा. रामप्रबोध मण्डलले बताए।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै